उनले सरकारले संविधानको मर्म अनुरूप स्थानीय निर्वाचनको उपयुक्त मिति घोषणा गरेको बताए। संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नरहेको हेक्का सबैले राख्नुपर्ने थापाको भनाई छ।
‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ,’ उनले भनेका छन्, ‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन।’

