को’रोना संक्रमणबाट नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) समीरचन्द्र खरेलको नि’धन भएको छ । नेपाल प्रहरी अस्पतालमा सोमबार खरेलको नि’धन भएको हो । उनी संगठनमा इमान्दार र व्यवसायीक अधिकृतको रुपमा प’रिचित थिए ।
खरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए । प्रहरी अस्पतालमा जेठ ६ मा राति महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीले पनि ज्यान गु’माएका थिए । वैशाख २२ संक्रमण भएपछि केसीलाई सो अस्पतालमा भर्ना गरिएको थियो ।
त्यस्तै चितवनको भरतपुर स्थित सनराइज इङलिस स्कूलका प्रिन्सिपल रोशन कुमार भण्डारीको को’रोना संक्रमणका कारण मृ’त्यु भएको छ । उहाँको ५२ बर्षको उमेरमा आज (सोमबार) विहान ३ बजे काठमाडौंको नि’दान हस्पिटलमा उपचारका क्रममा मृ’त्यु भएको हो ।
स्कूलका शिक्षक काँसिराम आचार्यका अनुसार उहाँ १६ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो । १७ दिन अघि भरतपुरबाट काठमाडौं जाँदा उहाँलाई सामान्य ज्व’रो आएको थियो । “यहाँबाट राम्रै जानुभएको थियो, सामान्य ज्व’रो आएपनि अन्य स’मस्या थिएन, तर अ’कस्मात मृ’त्यु भएको दुःख’द खबर आयो, उहाँले भन्नुभयो ।”
उहाँको एक महिना अघि मात्रै दिदीको मृ’त्यु भएको थियो । भारतको कलकत्ता जाँदै गर्दा जहाजमा दिदीको मृ’त्यु भएको हो । दिदीको मृ’त्यु भएको चार दिनपछि आमाको पनि मृ’त्यु भयो । आमा भरतपुरमा छोरा भेट्न आएको समयमा यही मृ’त्यु भएको आचार्यले बताउनुभयो ।
आमा र दिदीकोे भने को’रोना रिपोर्ट नेगेटिभ आएको थियो ।स्व.भण्डारी २ बर्षदेखि सनराइज स्कूलमा प्रिन्सिपलको रुपमा कार्यरत हुनुहुन्यो । पुख्यौली घर दोलखा भएका उहाँको परिवार काठमाडौंमा बस्दै आएको थियो । उहाँका श्रीमती र एक छोरा छन ।
