काठमाडौं स् कोरोनाले देश आक्रान्त बनाइ रहेको बेला पछिल्लो समय सरकारको चर्को आलोचना गर्दै आएका युवा विद्यार्थी हेमराज थापा स्वास्थ्य सामाग्री लिएर गोर्खा जादा बाटोमै फसेका छन ।

दोस्रो चरणको कोरोनाले प्रभावित भएका मान्छेहरुलाइ सहयोग गर्दै आएका युवा विद्यार्थी हेमराज थापा, र अर्जुन बिष्ट लगायत टिमको स्वास्थ्य सामग्री बोकेको गाडी गोर्खा जिल्लाको गण्डकी गाउँपालिका वडा नं।३ मा पुग्दा बिग्रेको छ।
अमेरिकामा रहेको हिमालयन हेल्पिङ्ग ह्याण्ड नामक संस्थाले गोर्खा जिल्लाकै गण्डकी गाउँपालिका वडा नं।१ मा पर्ने मकै सिङ प्राथमिक स्वास्थ्य केन्द्रका लागी रु ५ लाख बराबरको स्वास्थ्य सामग्री पठाएको थियो।

उक्त स्वास्थ्य सामग्री बोकेको गाडी बाटैमा बिग्रीए पछि,उक्त टिमले त्यस ठाउँको जनप्रतिनिधि बाट सहयोग प्राप्त हुन्छ कि भन्ने आशा बोकी सम्पर्क गर्ने निर्णय गरे ।
हेमराज थापा,अर्जुन बिष्ट लगायतको टिमले त्यहाँका जन प्रतिनिधि सङ्ग सहयोगको लागी सम्पर्क गरि ूहामिलाइ गाडिको आवश्यकता छ गाडी मिलाइदिनुस पर्ने लागत हाम्रो आफ्नै टिमले बेहोर्न तयार छू भन्दा पनि उहाँ बाट कुनै सहयोग प्राप्त भएन ।
उक्त पत्रकार हरुको टिम लाई सहयोग गर्नुको सट्टा गण्डकी गाउँपालिका मकै सिङ १ का वडा अध्यक्ष गिर बहादुर गुरुङले म सङ्ग बोल्ने तरिका भएन भन्दै उल्टै थर्काएका छन् ।
हेर्नुस् भिडियो सहित
