काठमाडौंको गोकर्णेश्वरमा एक पुरूषको श/व फेला परेको छ।
गोकर्णेश्वर नगरपालिका-१ ओख्रेनीस्थित बागमती नदीमा बुधबार दिउँसो १ बजे श/व फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
मृतक गोकर्णेश्वर नगरपालिकाकै स्थानीय २७ वर्षीय शिशिर भण्डारी छन्। उनी २० गतेदेखि बेप’त्ता थिए।
‘गत २० गते उनी हराइरहेको भन्ने उजुरी परेको थियो,’ प्रहरी उपरीक्षक मैनालीले भने, ‘आज श/व फेला परेको छ।’
आफन्तले २० गते नै महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन हालेका थिए।
श/व फेला परेको घ/टनास्थलमा वृत्तबाट अधिकृतसहितको टोली खटिएको छ।
महानगरीय अपराध महाशाखाको टोली पनि खटिएर अनुसन्धान अघि बढाएको छ।
