छिमेकी मुलुक भारतमा बुधबार ६५ हजार १५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । मंगलबारको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्यामा ६ हजारभन्दा बढीले कमी आएको छ । मंगलबार ७१ हजार २६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । तेस्रो लहरaको उच्च बिन्दुको तुलनामा दैनिक नयाँ सङ्क्रमितको सङ्ख्यामा ८१ प्रतिशतको गिरावट आएको छ ।
२० जनवरीमा एकै दिन ३ लाख ४७ हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । बुधबार १.६७ लाख सङ्क्रमित निको भएका छन् भने १ हजार २३८ जनाले ज्यान गुमाएका छन् । भारतमा हालसम्म ४.२४ करोड मानिस सङ्क्रमित भएका छन् भने हाल ७ लाख ८१ हजार सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट ५ लाख ६ हजार व्यक्तिले ज्यान गुमाइसकेका छन् । यता, केरलका एक डाक्टरले आफ्नो नयाँ रिपोर्टमा हाइब्रिड इम्युनिटीले ओमिक्रोन भेरियन्टलाई फैलिनबाट रोक्न प्रभावकारी बनेको दाबी गरेका छन् ।
कोच्ची केयर अस्पतालका मेडिकल डाइरेक्टर डा. पद्मनाभ शेनायले ओमिक्रोन सङ्क्रमण रोक्नका लागि हाइब्रिड इम्युनिटीको प्रभाव कोरोना खोपको २ मात्राभन्दा बढी रहेको छ । कोरोना सङ्क्रमित भएका मानिसले खोपको दुई मात्रा पाउँदा जतिको एन्टीबडी प्राप्त गर्छन् । यसलाई हाइब्रिड इम्युनिटी भनिन्छ
