गत मंसीर ८ गते बिहान ७ बजेतिर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ की १४ बर्षीया अस्मिता शाहीले आत्मह/त्या गरिन् । उनले डोल्पाकै मुड्केचुला गाउँपालिका–४ स्थित आफ्नै मामा केशव रोकायाको घरमा झुण्डिएर आत्मह/त्या गरेकी थिइन् । अस्मिताले आत्मह/त्या गरेकै साँझ सुर्खेतकी १९ वर्षीय सरस्वती घर्ती मगरले पनि झुण्डिएर आत्मह/त्याको बाटो रोजिन् । उनी गुर्भाकोट नगरपालिका–१२ लाटीगैरास्थित आफ्नै घरको सुत्ने कोठामा सलको पासो लगाएर झुण्डिएकी थिइन् ।
त्यसको अर्को बिहान गुर्भाकोट नगरपालिका–७ को नाङ्गीका ६९ वर्षीय वृद्ध दिलबहादुर खत्रीले पनि झुण्डिएर आत्मह/त्या गरे । यी तीन घटना २५ घण्टाको अवधिभित्र भएका थिए ।
मनोचिकित्सकहरुले आत्मह/त्याका घ’टनाहरुको मुख्य कारण मध्ये एक गरिबीलाई मानेका छन् । कर्णाली त्यसबाट अछुतो छैन । कर्णालीमा बर्सेनि सयौँ व्यक्तिले चरम गरिबी, घरेलु हिंसा र मानसिक समस्याका कारण आत्महत्याको बाटो रोज्ने गरेका छन् ।
गत पुस ५ गते जाजरकोटको शिवालय गाउँपालिका–५ की २५ बर्षीया पार्वती खत्रीले पनि आत्मह/त्या गरिन् । वीरेन्द्रनगर नगरपालिका–१०, पदमपुरमा डेरामा बसेकी उनी आफ्नै कोठाको झ्यालको ग्रिलमा पासो लगाई झुण्डिएकी थिइन् । यस्तै गत पुस ३० गते दैलेख दुल्लु नगरपालीका–७ पठाङगेनिकी २८ बर्षकी निशा शाही गिरी आफ्नै घरको माथिल्लो तलाको बासको बलोमा पासो लगाई आत्मह/त्या गरिन् । त्यस्तै, माघ ११ गते महाबु गाउँपालिका–१ खरिगैरा दैलेखकी २७ बर्षीया मनकला कामीले आफ्नो घरदेखि अन्दाजी १ किमि अगाडि खन्निउको रुखमा पासो लगाई आत्महत्या गरिन् ।
यी हालैका केही प्रतिनिधि घटना मात्र हुन् । उल्लेखित छ वटा घटनामध्ये डोल्पाकी अस्मिता बाहेकका चार जना महिलाहरु विवाहित हुन् । घटनाको प्रकृति हेर्दा आत्महत्या देखिए पनि प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ । ‘ती सबै घटनामा सुसाईड नोट फेला परेन,’ कर्णाली प्रदेश प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत असई प्रेम शर्मा भन्छन्,‘स्थलगत मुचुल्का उठाउँदा गरिबी, घरेलुहिंसा लगायत सामाजिक कारणले घटना भएको देखिन्छ ।’
कर्णालीमा दैनिक सरदर २ दिनमा ३ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा चालु आर्थिक बर्ष (साउन महिनायता) को हालसम्मको अवधिसम्म आइपुग्दा १४५ जनाले आत्महत्याको बाटो रोजेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार आत्महत्याको बाटो रोज्नेहरुमध्ये सबैभन्दा धेरै झुण्डिएर ११४ जनाले आत्महत्या गरेका छन् । यस्तै विष खाएर २३, आगो लागेर १, पानीमा हाम फालेर (डुबेर) दुई जनाले आत्महत्याको बाटो रोजेका छन् । आत्महत्या गर्नेमा ७८ जना पुरुष, ४६ जना महिला, १६ जना बालबालिका रहेका छन् ।
चालु आर्थिक बर्ष बाहेक विगत ५ वर्षको अवधिमा प्रदेशमा एक हजार ३६२ जनाले आत्मह/त्या गरेका छन् । त्यसमध्ये १३३ जना बालबालिका रहेका छन् । ०७७–७८ मा मात्रै ४७ जना बालबालिकाले आत्महत्याको बाटो रोजेका छन् ।
सुर्खेतमा सबैभन्दा बढी आत्महत्या
१० जिल्ला रहेको कर्णालीका अन्य जिल्लाभन्दा प्रदेश राजधानी समेत रहेको सुर्खेतमा आत्मह/त्याका धेरै घटना हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । यस बाहेक दैलेख, सल्यान, कालीकोट, रुकुम पश्चिममा पनि आत्महत्या गर्नेको संख्या धेरै रहेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सुर्खेतमा चालु आर्थिक बर्षमा हालसम्म ५७ जनाले आत्मह/त्याको बाटो रोजेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी रामप्रसाद घर्तीका अनुसार सुर्खेतमा विगतका ३ आर्थिक बर्षमा मात्रै ३४७ जनाले आत्मह/त्या गरेका छन् । जसमध्ये २१४ जना पुरुष तथा १३३ जना महिला रहेका छन् ।
के भन्छ प्रहरी ?
आत्मह/त्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट पीडित हुने गरेको छन् । दैलेखका प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद साह भन्छन्, ‘कर्णालीमा प्रायः आत्महत्याका घटना घरेलु तनावका कारण भएको देखिन्छ ।’ साथै उनले अहिलेका बालबालिकामा महत्वाकांक्षा धेरै बढेकाले पनि आत्मह/त्याका घटना बढिरहेको बताए । उनका अनुसार केही समय अघि एक जना १२ बर्षको बालक आमासँग रिचार्ज माग्दा आमाले अहिले साँझ भइसक्यो, भोलि किनिदिन्छु भनिछन् । धेरै मोबाइल चलाएको गुनासो पनि गरिछन् । त्यही रिचार्जको कारण ती बालकले झुन्डिएर आत्महत्या गरे । यसरी अहिले सामाजिक सञ्जालका कारण पनि आत्मह/त्याका घटना बढेको प्रहरीको भनाई छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक राजेन्द्रसिंह खड्का आत्मह/त्याका घटना कम गर्न जनचेतनामूलक कार्यक्रमको खाँचो रहेको बताउँछन् । कर्णाली प्रदेश अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शी कर्णालीमा शिक्षा, स्वास्थ्यको अभाव, आर्थिक समस्या र बेरोजगारी, प्रेम सम्बन्धका कारणले आत्मह/त्याका घटना बढी भएको बताउँछन् ।
डीएसपी रामप्रसाद घर्ती ग्रामीण भेगभन्दा सहरतिर आत्मह/त्या गर्नेहरुको संख्या बढेको बताउँछन् । ‘सहरतिर विशेष गरी बालबालिकाहरु अरुको देखासिकी, बाहिरी खुल्ला संसारलाई नियाल्न सक्छन्,’ उनी भन्छन्, ‘मनमा अनेक खालका नराम्रा धारणाहरू सिर्जना गर्छन्, जसले गर्दा उनीहरु मानसिक डिप्रेशनमा जान्छन् र आत्मह/त्याको बाटो रोज्न पुग्छन् ।’
