काठमाडौं: हङकङले शुक्रबार नेपालसहित ८ मुलुकमाथि हवाइ प्रतिबन्ध लगाएको छ। आगामी मार्च ४ सम्म लागू हुनेगरी हङकङले नेपालसहित अन्य ८ मुलुकको उडान प्रतिबन्ध थप गरेको हो।
कोभिड-१९ प्रतिबन्धअन्तर्गत हङकङले नयाँ प्रतिबन्ध लगाएको हो। जसमा नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, भारत, क्यानडा, फ्रान्स, पाकिस्तान र फिलिपिन्स रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
यी मुलुकबाट हङकङ पुग्ने उडानमाथि सो प्रतिबन्ध लगाएको हो। कोरोना संक्रमण नियन्त्रणको नाममा हङकङले यतिबेला ९० प्रतिशतमात्र उडान रद्द गरेको छ भने अत्यावश्यक कामको लागि बाँकी १० प्रतिशत उडानमात्र सञ्चालन रहेको बताइएको छ।
