काठमाडौँ, २८ माघ: डा. सीके राउत नेतृत्वको जनमत पार्टीका शिर्ष नेताहरुले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन्। किसान आन्दोलनबारे आज (शुक्रबार) गृहमन्त्री बालकृष्ण खाँणसँग जनमत पार्टीका शिर्ष नेताहरुले भेटवार्ता गरेका हुन्
मुद्दाको सम्बोधनको विषयमा जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले गृहमन्त्री खाणसँग छलफल गरेका छन् । निरन्तर किसान आन्दोलन चलाएको जनमत पार्टीले उच्चस्तरीय समिति गठनको माग गरेको महासचिव चन्दन सिंहले जानकारी गराएका छन् ।
