चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा विदेशबाट ६८ करोड रुपैयाँको स्यानिटरी प्याड भित्रिएको छ । भन्सार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्ममा ६८ करोड ३१ लाख रुपैयाँको प्याड भित्रिएको हो ।
विभागको तथ्याङ्कअनुसार ८० करोड ४४ लाख पिस स्यानिटरी प्याड भित्रिएको हो । स्यानिटरी प्याड आयातकर्ताले १९ करोड २९ लाख ४७ हजार रुपैयाँ भन्सार महसुल तिरेका छन् ।
नेपालमा भारत, चीन, अष्ट्रेलिया, बंगलादेश, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट प्याड भित्रिँदै आएको छ । यसमध्ये सबैभन्दा बढी भारतबाट ६० करोड ५८ लाख रुपैयाँ बराबरको प्याड भित्रिएको छ ।
यसपछि चीनबाट ७ करोड ४३ लाख रुपैयाँको प्याड भित्रिएको विभागले जानकारी दिएको छ । यसबाहेक अन्य मुलुकबाट न्यून परिमाणमा स्यानिटरी प्याड भित्रिने गरेको छ ।
