इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृ/त्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृ/त्यु भएको हो । उनको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृ/त्यु भएको हो ।
उनको आज बिहान ७ः ३० बजे मृ/त्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको बुढ्यौलीकै कारण मृ/त्यु भएको बताइएको छ ।
उनको आज नै माइ खोलाको कुँडुले सेपेनी घाटमा दाहसंस्कार गरिने बताइएको छ । उनका पाँच छोरा र दुई छोरी छन् । उनी बृद्ध भएकै कारण र जिल्लाकै बढी उमेरका कारण उनीसँग धेरैले आशिष थाप्न र भेट्न जाने गरेका थिए ।
