कमल थापा आफ्नो सामाजिक संञ्जाल फेसबुकमा लेख्छन् म राप्रपाबाट औपचारिक रुपमा अलग भैसकेको बवस्थामा पनि कमल थापाले पार्टी फुटायो, फुटाउदैछ, कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ ।
पार्टी भित्र बस्ने ठाउँ, टेक्ने ठाउँ नदिने । बाहिर निस्कँदा पनि सुख नपाउने, राप्रपाबाट भएपछि म चुपचाप बस्न मिलेन, भनेर थापाले आफ्नो सामाजिक संञ्जाल फेसबुकमा लेखेका छन् ।
नयाँ दल दर्ताको तयारीमा रहेका नेता कमल थापाले पार्टी फुटायो, कसम तोड्यो जस्ता लान्छना लगाउँदै आफूमाथि भइरहेका टिप्पणीले हाँसो उठेको बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले आफू पार्टीबाट अलग भइसकेको अवस्थामा यस्ता टिप्पणीको कुनै अर्थ नहुने प्रतिक्रिया दिएका छन्।
हाँसो उठ्छ१ म राप्रपाबाट औपचारिकरूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो, फुटाउँदै छ, कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ। पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने।बाहिर निस्कँदा पनि सुख नपाउने। राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन।नयाँ सिर्जना बाध्यता हो, उनले लेखेका छन्।
