काठमाडौं । निर्वाचन आयोग र अन्तर्गतका कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म तय गरिएको छ । स्थानीय निर्वाचनका लागि आयोगले नयाँ समय आफूसहित मातहका कार्यालयमा नयाँ समय तय गरेको हो ।
जुन दिन ९ घण्टा हुन आउँछ ।
आयोग र आयोग मातहका कार्यालहरूले बिदाका दिनमा समेत नियमित कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि तय गरिएको छ ।
