काठमाडौँ : नेपाल र आयरल्याण्डबीचको चारदेशीय टी-२० सिरिजको अन्तिम खेल आज अपरान्ह ४ः४५ बजेदेखि ओमानस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा हुनेछ।
यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो। तर दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।
आयरल्यान्ड र नेपालबीच हालसम्म दुई टी-२० खेल भएको छ। दुबै खेलमा आयरल्यान्डले विजयी भएको छ। २०१५ को टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल आयरल्यान्डसँग ५३ रनमा अल आउट हुँदै ८ विकेटले पराजित भएको थियो यस्तै २०१९ मा पाँच देश सम्मिलित टी-२० आई सिरिजमा नेपाल १३ रनले पराजित भएको थियो। १ सय ४६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १९.५ ओभरमा १ सय ३२ रनमा अल आउट भएको थियो।
