प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता विष्णु रिमालले सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाभियोगको एमालेले पनि जवाफ दिने बताएका छन् । ‘क्रियाको प्रतिक्रिया’ हुने बताउँदै रिमालले एमालेले पनि ‘काउन्टर महाभियोग’ प्रस्ताव दर्ता गर्ने सङ्केत दिएका हुन् ।
उनले लेखेका छन्, “गठबन्धन” भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुङ्गा हानेको छ। ढुङ्गा सर्वोच्चमा बज्रिएको छ। भनिन्छ नि, फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन ! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि ?
जबराविरुद्ध सत्ता पक्षका ९८ सांसदले आइतबार महाअभियोग दर्ता गरेको भोलिपल्ट त्यसको प्रत्युत्तरमा नेकपा एमाले ‘काउन्टर महाअभियोग’ को तयारी गरेको छ । विशेष गरी सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलनको गृहकार्य थालेको छ ।
नेकपा एमालेका नेता विष्णु रिजालले पनि गठबन्धनको महाभियोग प्रस्तावले उनीहरूलाई ब्याकफायर हुने बताएका छन् । उनी लेख्छन्, ‘प्रन्याका विरुद्ध पारित नहुने महाभियोग सत्ता गठबन्धनलाई नै निल्नु न ओकल्नुबाहेक केही पनि हुन्न । जसरी २०७४ मा चुनावको मुखमा सुशीला कार्कीविरुद्धको महाभियोग शेरबहादुर देउवा र काँग्रेसलाई महँगो साबित भएको थियो, ढुक्क भए हुन्छ( यस पटकको महाभियोगले पनि त्यसै गरी ‘ब्याक फायर’ गर्नेछ ।’
