काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवार कार्य भएको बताएका छन् ।
महाअभियोग प्रस्ताव वर्तमान राजनीतिभित्र रहेको विकृतिको नमुना भएको उनको भनाइ छ । सोमबार बिहान ट्विट गर्दै उनले प्रधानन्यायाधीशलाई हटाउनुपर्ने बेला चुपचाप बसेको र अहिले विभिन्न स्वार्थप्रेरित भएर त्यस्तो प्रस्ताव ल्याइएको जिकिर गरेका छन् ।
“प्रन्यालाई हटाउनुपर्ने बेला चुपचाप बस्ने, अहिले एमसीसी पास गर्ने (कांग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस)को सांसद पद जोगाउने प्रपञ्चमा प्रन्या राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीतिभित्र रहेको विकृतिको नमुना हो,” उनले लेखेका छन् ।
