काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
भोलि मंगलबार बिहान ९ बजेका लागि बैठक बोलाइएको हो । आइतबार सत्ता गठबन्धनका सांसदहरुको हस्ताक्षरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । त्यस विषयमाथि छलफल प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज संसदीय दलको बैठक डाकेको छ ।
कांग्रेसले भने भोलिका लागि बैठक बोलाएको हो । बैठकमा महाअभियोग दर्तापछि उत्पन्न राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने बताइएको छ । महाभियोग पारित गर्न एमालेले सहयोग गरेन भने अप्ठेरो अवस्था आउने सत्तारुढ दलका नेताहरुको बुझाइ छ ।
