भ्यालेन्टाइन डेको अवसरमा काठमाडौंको चावहिलस्थित केएल टावरमा बिग सेल मेला आयोजना गरिएको छ ।
हरेक वर्षजस्तै यस वर्ष पनि मेला आयोजना गरिएको केएल टावर मल्टिप्लेक्स प्रालिले जनाएको छ ।
बिग सेल मेलामा ५० प्रतिशतसम्म छुट योजना ल्याइएको छ । ४० वटाभन्दा बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्ड रहेको यो मलमा एफक्युब सिनेमा, पार्टी प्यालेस लगायत अन्य १० वटाभन्दा बढी कर्पोरेट हाउससमेत रहेका रहेका छन् ।
फागुन २ देखि १५ गतेसम्म चल्ने मेला अवधिमा इलि ब्राण्डका फोन खरिदमा एउटा किन्दा एउटा सित्तैंमा, मलमा रहेका लत्ताकपडा, जुत्ता, घडी, चश्मा लगायत अन्य विविध सामग्रीमा न्यूनतम २५ देखि ५० प्रतिशतसम्म छुट दिइनेछ l
