साहित्यकार तारानाथ (ताना) शर्माको निधन भएको छ। उनको मंगलबार बिहान आफ्नै घरमा निधन भएको हो।
शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थिए। उनी ८७ वर्षका थिए।
मदन पुरस्कार पुस्तकालयले उनको निधनप्रति श्रद्धान्जली व्यक्ति गरेको छ।
शर्माले २०२६ सालमा मदन पुरस्कार पाएका थिए। ‘बेलाइततिर बरालिँदा’ कृतिका लागि उनलाई मदन पुरस्कार दिइएको हो।
शर्माले नेपाली साहित्यमा झर्रोवादी आन्दोलन थालेका थिए।
