गायिका लासिमित राईको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण गायिका राईको निधन भएको संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन भावह्विवल भएको छ ।
पीडाको वोध भएको छ’ आनन्दले सामाजिक संजालमा लेखेका छन् ‘केही महिनाअघि मात्रै भिनाजु बित्नु भएको खबरले आश्चर्यमय परेको थिएँ । त्यसपछि एकचोटि मात्रै कुरा हुन सक्यो । त्यो नै अन्तिम कुराकानी भयो ।
गायक अशोक मुकारुङले गायिका राईको निधन कोरोनाका कारण भएको बताएका छन् ।
’
