यसअघि सर्भे भएको कालीगण्डकी नदीमा जलमार्ग निर्माणको काम थालिने आगामी वर्षका लागि प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।
कालीगण्डकीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि जलमार्ग निर्माणको काम थालिने कुराले यस क्षेत्रका नागरिकमा उत्साह थपेको छ ।
पाल्पाको राम्दीबाट देवघाटसम्म जलयान सञ्चालनका निम्ति छ समूहले यसअघि नै स्थलगत परीक्षण तथा सर्भे गरेका थिए । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ ।
