काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक दोस्रो पटक सारेको छ । आइतबार साँझ बस्ने भनिएको बैठक सोमबार बिहान १० बजे सारिएको थियो । पुनः मंगलबार बिहान ११ बजे बस्नेगरी सारिएको एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
“बैठक मंगलबार बिहान ११ बजेलाई तय भएको छ, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ,” उनले भने ।
आज लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका कारण बैठक धकेलिएको नेताहरूले जनाएका छन् । आजको बैठकमा स्पष्टीकरण सोधिएका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने बताइएको थियो ।
