काठमाडौं । चीन सरकारले अनुदानमा दिएको खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी विमान आज बेइजिङतर्फ जाँदैछ । ए ३३० विमान आज राति ११ बजे बेइजितर्फ उड्ने विमानले मंगलबार खोप लिएर नेपाल आइपुग्ने निगमले जानकारी दिएको छ ।
चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोप सकेसम्म एकैपटक ल्याउने परराष्ट्र मन्त्रालयको तयारी छ । “नेपालमा खोपको आवश्यकतालाई हेरेर १० लाख डोज नै एकैपटक ल्याउन खोजिएको हो तर कति सम्भव हुन्छ, जतिसक्दो धेरै डोज खोप राखेर ल्याउने हामीले तयारी गरेका छौँ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन् ।
चीनले यसअघि पनि नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले आइतबार नेपाललाई ८ सय थान अक्सिजन सिलन्डिर, २ सय थान आईसीयू बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर, १५ सय थान एन्टिजेन किट तातोपानी नाकामा हस्तान्तरण गरेको थियो ।
