महानगरीय प्रहरी प्रभाग, कोटेश्वरले चोरीका ६ वटा दुईपाङ्ग्रे सवारी साधन सहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको साथ बाट प्रहरीले चार वटा मोटर साईकल र दुई वटा स्कुटर बरामद गरेको छ । निषेधाज्ञाको समयमा समेत चोरीका घटना हुन थालेपछि प्रहरी नै अचम्मित भएको छ ।
चोरीमा पर्सा जिल्ला परवानीपुर स्थायी घर भई हाल जडिबुटी नरेफाँट बस्ने २१ वर्षीय विशाल थापा मगर र १८ वर्षीय विकास थापा मगर रहेका छन् ।
विभिन्न स्थानमा लुकाई राखेका सवारी साधन सहित उनीहरुलाई कोटेश्वर प्रभागका प्रमुख, इन्स्पेक्टर सुरेश भट्टको नेतृत्वमा समातिएको हो । उक्त अपरेसनमा प्रहरी जवानहरु मुकेश सुनार, लालमण पन्थ, धर्म साउद पनि सहभागी थिए । इन्स्पेक्टर भट्टका अनुसार उनीहरु माथि थप अनुसन्धान भैरहेको छ ।

