काठमाडौस् दोस्रो चरणको लकडाउन भएको पनि झण्डै एक महिना बित्न लागिसक्यो,सधैं ब्यस्त देखिने काठमाडौका सहरहरु यतिबेला सुनसान भएका छ्न। कहिकतै बिमारि बोकेका एम्बुलेन्स र अती आवश्यक गाडीहरू मात्रै सडकमा देख्न सकिन्छ।
तर काठमाडौ प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा भने यसको ठिक विपरीत देखिएको छ। त्यहा काठमाडौ प्रवेश गर्ने कयौ गाडिहरुको लाइन लागेको छ। तिनै गाडीहरूको उचित नियन्त्रण गर्न नसक्दा र त्यसमा मुख्य निकायको ध्यानाकर्षण नहुदा त्यहाको जाम समयमा नै खुल्न सकेको छैन।

मध्यरातमा त्यसै जाममा कोभिडको बिरामी बोकेको एम्बुलेन्स हरु पनि रोकिएका छ्न। कोभिडको रोक्न कै लागि भनेर लकडाउन गर्ने तर कोभिड कै बिरामी बोकेका एम्बुलेन्स जाममा पर्दा पनि बेवास्ता गर्ने र जामले गर्दा समयमा अस्पताल पुग्न नसक्दा ज्यान जोखिममा परेको भन्दै जनताले आक्रोश पोखेका छ्न।

घन्टौं हुदा पनि त्यहाँको जाम खुल्ने कुनै सुरसार देखिएको थिएन। न त त्यहाँ कार्यरत ट्राफिक पुलिसले नै अग्रसरता देखाए। त्यसै जाममा परेका पत्रकारहरुको टिम र जाममा परेका अन्य व्यक्तीहरु को सानो पहल पछि मात्रै सम्बन्धित निकायको ध्यान पुगि मध्यरातमा जाम खुल्न सफल भएको हो।
हेर्नुस् भिडियो सहित
https://youtu.be/lE9QqF9OXvI
