विराटनगर । बिराटनगरमा कोरोना संक्रमणको कारण एक सुरक्षाकर्मीको उपचारको क्रममा मृत्यु भएको छ ।
फ्रन्टलाईनमा बसेर अहोरात्रि खटने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुलाई पहिलो प्राथमिकताको आधारमा कोरोना खोप लाउन पाउनु पर्नेमा पहँुचका आधारमा खोप वितरण भइरहदा मोरङमा कार्यरत पाँच सय ३ जना प्रहरीले दुवै डोज खोप कोभिसिल्ड लगाउन पाएका छैनन् ।
कोभिड सिल्डको पहिलो डोज लगाएका दुईसय ११ जना प्रहरी दोश्रो डोजको पर्खाइमा छन् भने विराटनगरमा फ्रन्टाइनरको वेवास्ता गरेर खोप लागाइएको पाईएको छ ।
मोरङ जिल्लामा एक हजार २ सय ६६ जना प्रहरी कार्यरत रहेका छन् भने पाँचसय ५२ जनाले मात्र दुवै डोज खोप लगाएका छन् । खोप नलगाएका ४५ प्रहरीलाई कोरोना संक्रमण देखिएको छ भने ३० जना आइसोलेसनमा रहेको र एक जना हवल्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवम् प्रबक्त मानबहादुर राइले जनकारी दिनु भयो ।
सिमा सुरक्षादेखि आइसोलेसन सेन्टर, कोरोना उपचार केन्द्र , सव व्यवस्थापन हुदै निषेधाज्ञा कार्यान्वयन सम्म खटिएका प्रह्रीहरुलेनै खोप बाट बन्चित हुनुपरेको छ भने सवै खालका मानिस संग सिधै म्पर्कमा आउने सुरक्षाकर्मीलेनै खोप नलगाएका कारण उच्च जोखिम बडेको डिएसपी राई बताउनु हुन्छ ।
उच्च जोखीमका विचमा पनि सतर्कता सहित सुरक्षाकर्मीले आफ्नो ड्युटी भने गरिरहेको र सुरक्षा प्रदान गरिरहेको छ । विराटनगरमा केही दिन अघि विना कुनै पूर्व सूचना तथा जानकारी बिराटनगरस्थित सिटी सिनेमा हलको प्रा·णमा केही बिशेष ब्यक्तिलाई कोरोना खोप लाउदै गरेको स्थानीयबासीले जानकारी पाएपछि सबै भागभाग भएका थिए ।
कोठा बाहीर कहिले ननिस्कनेहरुलाइ केवर्ल पँहुचका आधारमा खोप लगाइयो तर अग्रङ्तीमा खटिने सुरक्षाकर्मीलाई खोपको बारेमा जानकारी नै भएन ।
