मोरङको धनपालथान गाउँपालिकामा रहेको फर्निचर उद्योग र होटलमा आगलागी हुँला ७० लाख बराबरको क्षति भएको छ । बिहीबार धनपालथान–४ स्थित कर्सिया बजारमा रहेको एउटा फर्निचर उद्योग र होटलमा आगलागी हुँदा ७० लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
आज बिहान ९ बजे रङ्गेली नगरपालिका–२ मङ्गलबारेका राजेन्द्र शर्माले सञ्चालन गरेको फर्निचर उद्योगबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । बन्द अवस्थामा रहेका फर्निचरमा विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने राईले बताए ।
उनका अनुसार फर्निचर उद्योगबाट सुरु भएको आगोले बद्रीकुमार कार्कीले सञ्चालन गरेको होटलमा पनि क्षति पु¥याउँदा ७० लाख बराबरको क्षति भएको हो । आगोले फर्निचर उद्योगमा ६० लाख बराबरको र होटलमा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
