धादिङ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पुनरावेदन अदालत बुटवलका न्यायाधीश समेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको पौडेलले बताए । विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत पौडेल ५५ वर्षका थिए । उपचारका सबै विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि आज बिहान उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
![]()
यस्तै पूर्वसांसद बिष्णुलाल तामाङ (बिएल वाइबा) को निधन भएको छ। उच्च रक्तचाप र मधुमेहबाट पीडित उनको उपचारको क्रममा: झापाको दमकस्थित आम्दा अस्पतालमा बिहीबार निधन भएको हो।
वाइबाका तीन छोरा र दुई छोरी छन्। वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्। दाहालले आज जारी गरेको विज्ञप्तिमा कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको उल्लेख छ भने वाइबा सादा जीवन, सरल र जुझारू भएको बताएका छन्।
