विहिवार जसपाका नेता महन्त ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वालुवाटार पुगेका थिए । उनीहरुले मन्त्रीका प्रत्यासीहरुको नाम लिष्ट तयार पारेको र शुक्रवार पनि दिउसो भेट गर्दा उनीहरुले सो लिष्ट प्रधानमन्त्रीलाई बुझाएको बताइएको छ ।
ओलीलाई भेट्न ठाकुर दिउसो १ वजेतिर वालुवाटार पुगेको बताइएको छ । जनता समाजवादी पार्टीका महन्थ ठाकुरको नेतृत्वमा रहेको समूहका पाँच नेता आज मन्त्री बन्ने निश्चित भएको छ। राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने स्रोतले जनाएको छ।
त्यसैगरी शरतसिंह भण्डारी उर्जा जलस्रोत तथा सिचाई, विमल श्रीवास्तव खानेपानी मन्त्रालय, अनिल झा शहरी विकास मन्त्री र उमाशंकर अरगरिया युवा तथा खेलकुद मन्त्री बन्ने निश्चित भएको स्रोतले जनाएको छ।
