रोल्पामा पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ९३ पुगेको छ । जिल्लामा ३ हजार १ सय २६ जनामा कोरोना परीक्षण गर्दा १ हजार ४ सय ४१ जनामा संक्रमण भेटिएको हो ।
शनिबार जिल्लामा एक जनाको मृत्यु भएको छ । दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १७ जनाले कोरानाका कारण ज्यान गुमाएका छन् । यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भईसकेको छ । जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्यांक अनुसार अहिले सम्म ६ सय ३२ जनाले कोरोना जितेका छन् ।
