नेकपा एमालेका नेता भिम रावलले प्रधानमन्त्री केपी ओलीको राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषद्को हरेरफेर अझ छताछुल्ल भएको टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, प्रधानमन्त्री ओली संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषद्को हरेरफेर अझ छताछुल्ल भएको छ ।’
त्यस्तै उनले दुई पटक संविधानसभाको निर्वाचन भई जनाताले ठूलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको पनि बताएका छन् ।
‘कमचलाउ प्रधानमन्त्रीको यो कार्य संवैधानिक र लोकतान्त्रि मान्यता विरोधी र गत आम निर्वाचनमा जनताले दिएको जनादेशका विरुद्धमा छ’, उनले भने,‘दुईपटक संविधान सभाको निर्वाचन गरी देश र जनताले ठूलो मूल्य चुकाएर जारी गरेको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात हो ।’
