गुल्मी : कति निस्टुरी हुुुुदो रहेछ यो दैब पनी, लाउलाउँ खाउखाउँ भन्ने यो उमेरमा यति रमाइलो संन्सार छोडेर कसरी बिदा भयौ यो संसार बाट सधैका लागी, त्यो आगोले पनि तिम्रो फुुुल जस्तो शरीर कसरी खाला 😭😭
गुल्मी । आज (सोमबार) बिहान ११ बजेर ४५ मिनेटमा गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बसपार्कमा रहेको एक घरमा लागेको आगलागीको दर्दनाथ भिडियो सार्वजनिक भएको छ ।
सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको भिडियोमा मानिसहरु डरले चिच्याएको आवाज प्रष्ट सुन्न सकिन्छ भने आगलागीको कारणले खाना पकाउने ग्यास पड्केको समेत आवाज सुनिन्छ ।
उक्त आगलागीका कारण एक १६ वर्षिय बालकको ज्यान समेत गएको छ ।
चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी हुँदा उनका १६ वर्षीय छोरा समीर खनालको ज्यान गएको हो ।
खनाल र उनकी श्रीमती रुपा आगलागीमा परेर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा रिफर गरिएको गाउँपालिका अध्यक्ष खत्रीले जानकारी दिए ।
लकडाउनका कारण तीनै जना घरमा थिए । आगलागी सुरु हुनासाथ आमाबुवा बाहिर निस्कन सफल भएपछि समीर बाहिर निस्कन नसकेको कारण उनको ज्यान गएको हो । आगलागी सुरु हुनासाथ बुवाआमा बाहिर निस्के तर छोरा सकेनन्, उनको ज्यान गयो’ खत्रीले भने ।

पेट्रोलबाट घरमा रहेको पसलमा आगो सल्किएर ३/४ वटा ग्यास सिलिन्डर पड्किएपछि आगो नियन्त्रणमा लिन गाह्रो भएको स्थानीय व्यापारी नरबहादुर वि.कले बताए ।
खनाल परिवार शान्तिपुर बजारको घरमा पसल गर्थे । उनी बाग्लुङको बरेङ्ग गाउँपालिका ३ का वडध्य्क्ष समेत रहेको खत्रीले जानकारी दिए । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ ।
