काठमाडौस् पृथ्वी कै सर्वश्रेष्ठ प्राणीको रुपमा मानवलाई लिइन्छ। तर पनि दैवको लिला भनुम या सृष्टि को नियम सबै मानिसहरु सबै कुरामा सम्पन्न हुन सक्दैनन्। कोहि मानिस संग अथाह सम्पत्ति हुन्छ त कसैलाई खान लाउन पनि मुस्किल साथै शारीरिक रुपमा पनि अशक्त भएर जन्म लिएका हुन्छ्न।
यस्तै विपन्न परिवार तथा शारीरिक रुपमा अशक्त मानिसहरुलाइ यो दोस्रो चरणको लकडाउन ले निकै असर परेको देखिन्छ। यिनिहरु कयौं दिनसम्म भोकै बस्नु पर्ने अवस्था पनि रहेको छ। तर पनि यसमा सरकारले या सम्बन्धित निकायका मानिसहरूको ध्यानाकर्षण भएको छैन।
सामान्य व्यावसाय गर्दै आएका व्यावसायी, नेपाली काङ्ग्रेस तरुणदल बिभागका केन्द्रिय सदस्य तथा, न्यानो पन नेपाल संस्थाका महासचिव समेत रहनु भएका पासाङ नुर्बु लामा ले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा टाढा रहेर बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा १०० घरपरिवार लाई खाद्यान्न सहयोग साथै चक्रपथ नजिक चप्पल कारखाना वरिपरिका १७ दृस्टीविहिन घरधुरीलाई पनि खाद्यान्न,मास्क तथा सेनिटाइजर वितरण गरेका छ्न।


गत वर्ष सिन्धुपाल्चोकमा बाढी पहिरो बाट घाइते भएका मानिसको उपचारको लागि पनि पासङ नुर्बुले आफू नेपाल भन्दा बाहिर रहेका बेला समेत, पैसाको अभावमा उपचार रोकिन लागेकालाई आफुले पैसा पठाइ उपचार गराएका थिए। मानिसहरुले उहाँ त हाम्रो लागि भगवान हुनु भयो भनी खुशी प्रकट गरेका छ्न।

अझै अन्य मानिसहरूको सहयोग को लागि खाद्यान्न,सेनिटाइजर र अन्य आवश्यक मेडिकल सामग्री लिएर गोर्खा,सिन्धुपाल्चोक पनि जाने योजना रहेको उनले सुनाए ।

आफ्नो व्यवसाय बाट आएको ७५% नाफा चाहिँ सामाजिक सेवामा लगाउदै आएको पनि बताएका छ्न
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
