प्रत्येक आमाहरूलाई आफ्ना सन्तानको असाध्यै माया लाग्छ। आमा भन्ने शब्द नै सबैका लागि प्रिय र महान हुन्छ ।यसो भनिरहदा कयौं आमाहरुले आफ्ना सन्तानका लागि आफ्नो ज्यान दिन समेत तयार हुन्छन।
यस्तै एक महान आमा ूमाया रोकायाू यतिखेर सहिनसक्नु पिडामा परेकी छिन। उनलाई एक वर्ष पहिले मात्रै क्यान्सर देखिएको थियो। अहिले काठमाडौको बौद्ध नजिकै बस्दै आएकी माया रोकायाका साथमा दुई सन्तान पनि छ्न ।

यो दोस्रो चरणको कोरोनाको लहर ले यी आमा छोराहरुलाइ सहिनसक्नु को पीडा दिएको छ ।उनिहरु संग खानाको लागि कोठामा न त अन्न पात नै छ न त कुनै आयस्रोत नै छ ।
२ सन्तानकि आमा माया रोकाया भन्छिन क्यान्सर देखिएको एक वर्ष भइसकेको छ तर पनि पैसाको अभाव ले गर्दा तीन महिना यता देखि कुनै औसधि खान पाएकी छैन,रातभरि पेट पोल्छ,छाती दुख्छ,छट्पटीन्छु र बेड मै रुन्छु यो बाहेक म संग अरु कुनै उपाय छैन।

पहिले नै आफ्नो श्रीमानले अर्कै केटि संग दोर्सो बिहे गरेको बताउने माया रोकाया यतिबेला आफ्ना दुई छोराहरुको लागि खाना जुटाउन नसकेर दिनरात रोहिरहेकी छिन।

माया रोकाया थप्छिन मैले सोचेको पनि थिइन मलाई यस्तो रोग लाग्छ भनेर मेरो त मृत्यु को केही ठेगान छैन आज या भोलि तर आफु बाचुन्जेल सम्म पनि छोराहरुको लागि खाना को मात्रै पनि ब्यवस्था गर्न नसक्दा आफू निकै दुखी भएको उनी बताउछिन।

आफ्नो रोग र ज्यानको भन्दा पनि उनिलाइ सन्तान को लागि खाना र उनिहरुको भविष्य को चिन्ता छ। खाना को लागि उनिहरुको कोठामा ५ किलो चामल मात्रै रहेको बताएकी छिन । यतिबेला उनलाई २ छोराहरुको ज्यान जोगाउन भए पनि ठूलो सहयोगको खाचो रहेको छ। सबैलाई सकेको सहयोग गरिदिनु हुन अपिल गरेकी छिन ।
भिडियो सहित
