काठमाडौं स् यतिबेला कोरोनाको कहरले देश थला परेको छ, देश मात्रै हैन दिउँसोभरी काम गरि बेलुकी हातमुख जोड्ने श्रमजीवी वर्ग सङ्गै शारीरिक रुपमा अशक्त हरुलाई अझै जीवन जोगाउन समेत मुस्किल परेको छ ।
जो साच्चिकै अप्ठ्यारोमा छन, उनिहरुलाइ हेर्ने नत कुनै राज्यको सरकारी निकायनै छ नत कुनै नितिनै, यतिबेला उनीहरुलाई रोगले भन्दा भोकले सताइ रहेको छ।
यस्तो भनिरहदा कतैन कतैबाट उनिहरुको भोक मेटाउन भगवान्ले नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन बिजय लामा र पासाङ नुर्बु लामा जस्ता मनकारी मान्छेहरुलाइ यो संसारमा पठाएको छ
।
पछिल्लो समय नेपालका भिभिन्न ठाउँहरुमा पुगेर न्यानो पन नामक संस्थाले साहारा बिहिन हरुको भोक मेटाउने काम गरि रहेको छ, यश संस्थाका अध्यक्ष नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन बिजय लामा रहेका छन भने, अपरा थापा भट्टराई, त्यसैगरी सोही संस्थाका महासचिव नेपाली काङ्ग्रेस तरुणदल बिभागका केन्द्रिय सदस्य पासाङ नुर्बु लामा रहेका छन् ।
केहि दिन अगाडि मात्रै उक्त संस्थाले बुढानिलकण्ठ नगरपालिकामा १५० घर(धुरी लाई चामल, दाल, तेल, नुन, चिनी, बिस्कुट, साबुन गरि रु २८०० बराबरको प्याकेज बाडेको थियो भने, सोही राहत बाडेको एक दिन नबित्दै गोर्खा जिल्लामा गएर विभिन्न स्वस्थ्य सामाग्री संगै यो संस्थाले राहत बाडेको छ ।


