७० वर्षीय सीता पन्त वृद्धा आमा आर्थिक अभाव र तनावमा एकल जीवन बिताइरहेकि छिन। उनको साथमा न त श्रीमान नै छन न त कोहि छोरा छोरी नै छ्न ।
टेकु स्थित उनको कोठामा सुत्नलाई खाट त परै जाओस खान लाई दाल,चामल पनि छैन,न त पकाउनलाई ग्यास चुलो नै छ। ७० वर्ष पुगिसकेकि आमा दाल भात मात्रै नि खान नपाएर तड्पिरहेकी छिन।

बुढेसकालको एउटै आशा भएको एक्लो छोरोको पनि पोहोर साल चैतमा मृत्यु भएपछी उनी एक्लो जीवन बिताइरहेकि छिन। अब उनलाई हेर्न स्याहार सुसार गर्ने कोहि पनि नरहेको उनले बताएकी छिन।

उनी बिगत ५ र ६ महिना देखि केवल चिउरा र बिस्कुट पानी संग खाएर मात्रै बाचिरहेकी छिन।

आफुलाइ दाल भात खान निकै रहर भएको उनले बताएकी छिन। यदि कसैले उक्त सामान को व्यवस्था गरिदिएमा आफुले पकाएर खान सक्ने पनि उनले भनेकी छिन।
