सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटअन्तर्गत ब्राजिलले लगातार छैटौँ जित दर्ता गरेको छ । बुधबार बिहान विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फ ब्राजिलले पराग्वेमाथि २–० गोलको जित निकालेको हो ।
पराग्वेको मैदानमा भएको खेलमा ब्राजिललाई जिताउन नेयमार र लुकास पाक्वेटाले एक–एक गोल गरे । खेलको चौथो मिनेटमा नै नेयमारले गाब्रियल जेससको पासमा क्लोज रेन्जबाट सहज फिनिस गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए ।
