उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति विभिन्न १८ संघ/संगठनले आपत्ति जनाएका छन्। संविधान अनुसार शपथ लिएर संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै जसपाका वरिष्ठ नेता महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलन तयारी गर्ने बताएकोप्रति उनीहरुले आपत्ति जनाएका हुन्। १८ संघ/संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै महतोको मनाइप्रति आपत्ति जनाएका हुन्। उनीहरुले यो अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्न उप्रधानमन्त्री महतोसँग आग्रह गरेका छन्।
‘यो अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान विरुद्ध रहेको हाम्रो छ। यो अभिव्यक्ति हाम्रो संबिधानको प्रस्तावना र
संबिधानको धारा–३ विपरीत छ। संविधानको मर्म विपरित कुनै पनि काम नगर्ने शपथ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट यस प्रकारको संविधान विरोधी र अराजक अभिव्यक्ति आउनु असाध्यै बिडम्बनापूर्ण छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, संविधानको मुल मर्म विरुद्धमा आएको यस अभिव्यक्तिको घोर भत्र्सना गर्दै उपप्रधानमन्त्री महतोलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछौं।’
यो पनि पढ्नु होस:पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो आलोचित बने । खासगरी सत्तारुढ नेकपा एमालेका नेताहरुले महतोसँगै उनलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।
महतो भने आफ्नो भनाइमा अडिग छन् । शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि उपप्रधानमन्त्री महतोले भने, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि।
नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’
बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उनले बताए ।यसमा विवाद गर्नुको कुनै अर्थ नभएको भदै महतोले भने, ‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन । सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’
आफूहरुको पार्टी अधिकार, पहिचान, सुशासन र समृद्धिका लागि बनेको भन्दै उनले त्यो नहुँदासम्म आन्दोलन हुने बताए । उपप्रधानमन्त्री महतोले अघि भने, ‘संघीयता ल्याएपछि समावेशिताको प्रारम्भ भएको छ । तर पूर्णता पाएको छैन । संविधान नै अपूर्ण छ ।’उनले अघि भने, ‘यदि कसैले यो देशमा अब ठीकठाक छ, केही समस्या नै छैन भन्छ भने त्यो देश र जनताका लागि धोका हो ।’
