चितवनकी सविता भण्डारी मृत्यु घटना पछि उनका वृद्ध ससुराले गर्ने ब्यवहारलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै तर्क वितर्क भइरहेको छ । हाँसेर बनाइएको त्यस्तो भिडियो पनि प्रमाण हुन्छ र भन्ने तर्क सविता भण्डारीको अमाजुको श्रीमानले राखेका छ्न। अझै उनले भने, यदि दुव्र्यवहार भएको थियो भने १० महिना पछि यो कुरा निस्कनुको अर्थ के हो रु
भिडियोमा उनको ससुरालाई देखाइएको छ । ससुराले सविताको शरिर छोएको भन्दै सविताकी बहिनीले ति भिडियो सार्वजनिक गरेकी हुन् ।
सविताले आफै मृत्युको निर्णय नलिएको, परिवारले उनलाई बाध्य पारेको भन्ने आरोप लगाउँदै सविताका माइती पक्षले घटना छानविनको माग राखेका छन् । सविताको बहिनीले आफ्नो दिदीलाई उनका ससुराले नराम्रो ब्यवहार गर्ने गरेको पुष्टि गर्ने कोशिष गर्दैछन् ।
उनले सार्वजनिक गरेका भिडियोलाई लिएर अहिले अनेक भिडियो र टिकटक बनाइएका छन्। जसमा सविताको अमाजुको परिवारलाई पनि जोडिएको छ । सविताको घरमा अमाजु र ज्वाईको कुरा लाग्ने उनीहरुले भने बमोजिम सविताको परिवारमा काम हुने भएकाले घटनामा उनीहरुको पनि हात छ भन्दै आरोप लगाइएको छ ।
यि सबै कुराहरुका कारण आफु निकै मानसिक त ना वमा परेको भन्दै अमाजुका श्रीमान भोजहरी ढकाल पनि मिडियामा आएका छन् । उनले वृद्ध अवस्थाका ससुराको भिडियो फसाउने उद्देश्यले नै खिचिएको दावी गरेका छन् ।
