सर्लाहीको बिस्नुपुर गाउँपालिका १८ वर्षिय दहितको छिमेकी २० बर्षका सिबकुमार यादव संग प्रेम सम्बन्ध थियो
सिबकुमार यादवले युवतीलाई बिहे गरेर जीवन भरि साथ दिने रंगिन सपना देखाए, युवती पनि युवकको बिश्वास गरेर भागिन उनलाई युवकले वाराको जितपुरमा भाडामा लिएको कोठामा २० दिन सम्म राखे आफ्ना सबै चाहाना पुरा गरिसकेपछि उनलाई २० दिन पछि राति गाउँ लिएर आए
गाउँ पुगेसकेपछि युवकले तल्लो जातको भएकोले बिबाह गर्न मिल्दैन भने आफ्नो घर फर्किन भने। घर जादा इज्जतमा दाग लाग्ने भन्दै युवतीका आमा बाबाले समेत उनलाई घर पस्न दिएनन् युबको घर जादा उनलाई गाई गोठमा बन्धक बनए
उनलाई डर त्रास देखाउने असुरक्षित रूपमा पसुसरह बस्न बाध्य बनाए एक्लै उनी रात दिन बिताउन थालिन् १० दिन पछि स्थानीय अधिकारकर्मी सामाजिक अगुवा हरुले उनको अवस्था थाहा पाए पछि प्रहरी र दलित अधिकारकर्मी हरु संग सहकार्य गरेर उद्घार गरिएको छ ।
अहिले युवतीले जातीय छुवाछूत जातीय बन्धक जबर्जस्ति कारणी गरेको भन्दै युवक विरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गराइएकी छिन्
