झट्ट सुन्दा निकै आश्चर्य लाग्ने घटना सल्यान जिल्ला कालीमाटी गाउँलालिका वडा नं १ बाट सार्वजनिक भएको छ।
आफ्नो काका ५६ वर्षीय धन बहादुर कुंवरलाई बुहारीमाथी जबर्जस्ति गरेको आरोपमा उनका भतिज २३ वर्षीय खिम बहादुर कुंवरले जरै देखि कान टोकेर ठुटो बनाइदिएका छन्। उनलाई छोरा घरमा नभएको मौका छोपी आफ्नै बुहारीलाई यौन दुव्र्यवहार गर्न खोजेको आरोप बुहारीले लगाएकि थिइन्।
उनको काका धन बहादुर कुँवर भन्छन्,”मैले परीवार नियोजन गरेकै २१ वर्ष भैसक्यो। जाँड खाएर जबर्जस्ती बलात्कार गर्न खोजेको आरोप लगाएर प्रहरीकहाँ पनि लगी छोराले पनि फोन गरेर तथानाम गाली गर्यो।
उनलाई दुई कान्ला जति तल खसालेर भतिजले कुटपिट गर्दै काँचै कान टोकेर छिनाइदिएका छन्। कानलाई जरैदेखि छिनाएर खाइदिएका अनुमान छ किनभने कानलाई धेरै खोजीगर्दा पनि भेटिएको थिएन।
काकाको छोराले नगर भन्दाभन्दै पनि खिम बहादुरका दुवै श्रीमानश्रीमती आएर झगडा गर्दै हात हालाहाल गरेका थिए।
धन बहादुर कुंवर बेहोस हुनुभयो र त्यसपछि प्रहरीले आएर भतिजोलाई पक्राउ गरेर लगे भने काका धन बहादुरलाई पनि अनुसन्धान तथा उपचारका लागि लगिएको थियो।
काका भतिजको यस विवादको पछाडी जग्गा जमिनको विषय पनि रहेछ। जग्गाको विषयमा लामो समयदेखि एक अर्कामा मनमुटाव पनि भैरहेको रहेछ।
अहिले उनी कानको उपचार गर्दै बसिरहेका छन्।
