लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शेरबहादुर देउवाको पक्षमा असंसदीय तरिकाबाट बहुमत जुटाएको बताएका छन् ।
एमाले स्थायी समिति सदस्य समेत रहेका पोखरेलले प्रतिनिधि सभा विघटन र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने मागदाबी सहित परेको रिटको सर्वोच्चमा सुनुवाई भइरहेका बेला यस्तो बताएका हुन् ।‘
संसदीय प्रणालीमा असंसदीय तरिकाबाट जुटाएको बहुमत स्वतः बदरभागी हुन्छ भन्ने कुरा कानुनका विद्यार्थीलाई त थाहा हुनुनै पर्ने हो’, नेता पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले असंसदीय तरिकाबाट बहुमत जुटाएको भन्दै कानुनका विद्यार्थीलाई त त्यति कुरा थाहा हुनुपर्ने भन्दै न्यायाधीश र कानुन व्यवसायीहरुतर्फ पनि संकेत गरेका छन् ।
