सबै मानिसमा केही न केही प्रतिभा लुकेको हुन्छ। कोहि मीठो गित गाउन सक्ने हुन्छ्न त कोहि राम्रो नाच्न जान्ने हुन्छ्न साथै कोहि कुनै खेलमा पोख्त हुन्छ्न। त्यस्तै प्रदेश नं ४ नवलपुर बुलिङटार गाउँ पालिका अर्खला ४ मा बस्ने दलित अनि गरिब परिवार कि छोरी कृपा परियार मीठो स्वरकी धनी हुन।
कृपाले कुनै पनि गित सजिलै गाउन सक्छिन। उनले देउडा,कौडा आधुनिक, लोक जस्ता गितहरु सजिलै गाउन सक्ने कला छ। मगर गित पनि उनिले निकै राम्रो गाउन सक्छिन।स्कुल मेलापात गर्दा गित गाउने र त्यही बाट आफुले गाउन सिकेको उनले बताएकी छिन।
उनको परिवारमा दुई भाइ,आमाबुबा र उनि रहेका छ्न र एक दिदी को पहिले नै बिहे भइसकेको उनले बताइन। घरको आर्थिक अवस्था कमजोर भएको कारण कक्षा ८ देखि पढाई अगाडि बडाउन सकिनन। पढाई छोडी उनी घरधन्दा र मेलापातमा व्यस्त हुन थालिन।
गायिका बन्ने सपना घर परिवारको सर्पोट नभएको र आर्थिक अवस्था कमजोर भएका कारण पूरा हुदैन कि भन्ने उनलाई डर रहेको बताइन। उनी बस्ने ठाउँ मा इन्टरनेट को पहुँच कम भएको कारण नयाँ गित आउने बित्तिकै सुन्न नपाउने तर आफुलाइ सुन्न निकै इच्छा हुने उनले बताएकी छिन। कोहि कसैको सहयोग पाएमा गित रेकर्ड गर्ने सपना रहेको कृपाले बताइन।
हेर्नुहोस भिडियो सहित
https://youtu.be/gZDQFbsb0YE
