भर्खरै मात्र बालुवाटारमा सबिता भण्डारीको न्यायको माग गर्दै आन्दोलन चर्किएको छ। आन्दोलनमा सरिक हुने जतिलाइ प्रहरीले जबर्जस्ति भ्यानमा कोचेको छ ।
पछिल्लो समय चितवनकी सबिता भण्डारी धिताल को मृत्यु प्रकरण बहसको बिषय बनिरहेको छ। सामाजिक संजालमा सबिताको आत्महत्या नभएर परिवार को मिलेमतो मा हत्या भएको हुनाले सबिताले न्याय पाउनु पर्छ भनी चौतर्फी आवाजहरु उठिरहेका छन ।
उनको न्यायको लागि यस्तो कोरोनाको बिचमा पनि सयौं मानिसहरु सडकमा उत्रियका छ्न। हिजो मात्र पनि कोटेश्वरको सडकमा कोरनालाई वेवास्ता गर्दै सबिताको न्यायको लागि नाराबाजी नै चलेको थियो।
सबिताको माइती पक्षले ठछ वर्षीय ससुरा रमेश कुमार धितालले सबितालाइ नराम्रो गर्ने गरेको बताएका छन। सबिताको बहिनी सजिनालाइ ससुराले गर्ने गरेको नराम्रो व्यबहारको बारेमा
बताइएको फेसबुक च्याट पनि सार्बजनिक भएको छ। बोलेकै भरमा कसैले बिश्वास नगर्ने हुदा प्रमाणको लागी भिडियो बनाउन लगाएकि हु भनी सबिताको बैनी सजिनाले खुलाएकी छिन।
उक्त भिडियो ले अहिले सामाजिक संजालहरु निकै तताएको छ। सबिता माथी यौन दुव्र्यवहार भएको हो र सत्यतथ्य बाहिर ल्याइ दोषीलाई कारबाहि हुनु पर्ने माग गरेका छ्न।
भिडियो सहित
https://youtu.be/VUW9rAaO-pQ
