सबिता मृत्यु प्रकरलाई लिएर सामाजिक संजालहरुमा विभिन्न कुराहरू उठिरहेक छ्न। सबिताको छिमेकी जनक रावलले यो घटना घटेको होइन घटाइएको हो भनेका छ्न ।कुनै पनि मान्छे झ्यालको पर्दा राख्ने डन्डीमा झुन्डिन नसक्ने उनको तर्क रहेको छ।
सबिताको छोराले आफ्नो ममि लाई सबि भनेर बोलाउने गर्थे अहिले आफ्नो ममिलाई बिर्सिसके भन्दा परिवार कै सदस्यले बच्चालाई सबिताको बारेमा नराम्रो सुनाइ बच्चाको मानसिकता परिवर्तन गरिएको हो भनेर सबिताको छिमेकी जनक रावल ले भनेका छ्न। एउटा युट्युव च्यानल बाट सार्वजनिक अन्तर्वार्तामा बालकले आफ्नो आमालाई बिर्सिसके भनेर भनेका थिय।
अहिले अक्सिजन लगाएर बसिरहेका सबिताको ससुरा केही दिन अघि सम्म दुई तला तलमाथि गरिरहेको देखेको कुरा छिमेकी रावल ले बताएका छ्न। उनको अनुसार अहिले यो घटनाले तिब्र रुप लिए पछि त्यसैको चिन्ताले उनी थलिएका हुन कि भन्ने शंका रहेको छ।
सविताले आफै मृत्युको निर्णय नलिएको, परिवारले उनलाई बाध्य पारेको भन्ने आरोप लगाउँदै सविताका माइती पक्षले घटना छानविनको माग राखेका छन्। सविताको बहिनीले आफ्नो दिदीलाई उनका ससुराले नराम्रो ब्यवहार गर्ने गरेको पुष्टि गर्ने कोशिष गर्दैछन् ।
