नेपाली काँग्रेसका केन्द्रिय सदस्य पुर्व मन्त्री दिलेन्द्रप्रसाद बडु आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्छन् संसदीय लोकतन्त्रमा प्रतिपक्षी दलहरु यदाकदा सरकार विरुद्ध सडकमा जानु स्वाभाविक नै हुन्छ। तर,हाम्रो देशमा सरकार स्वयं नै सडक आन्दोलनमा जाने दृश्य दिक्क लाग्ने गरि देखियो। ‘कहिँ नभएको जात्रा हाँडीगाउँमा।’ यो विषय जति हास्यास्पद छ,त्यत्ति नै शंकास्पद पनि देखिन्छ।
केही दिनअघिसम्म कोरोना संक्रमण कै बीच असंवैधानिक रुपमा संसद भंग गराएर प्रधानमन्त्री ओली आफ्नो नेतृत्वमा मन्त्रीहरूको दलबलसहित सडक आन्दोलनमा नै व्यस्त देखिनुभयो, भने
दोस्रोपटक असंवैधानिक रुपमा पुनः संसद् विघटन गराएर उदाएका मन्त्रीमण्डल कै नवनियुक्त वरिष्ठ उपप्रधानमन्त्री महतो पनि सपथ ग्रहण गर्न नभ्याउँदै सडक आन्दोलनकै उद्घोष गरिरहनुभएको छ।
टुंगो लागिसकेको विवादित विषय बहुल राष्ट्रिय राज्यू स्थापना गरि छाड्ने भनिरहनुभएको छ।
सरकारमा पुगिसकेपछि आफ्ना एकल वा साझा नीति र कार्यक्रम कार्यान्वयन गर्न छोडेर आन्दोलन नै किन रु प्रधानमन्त्रीले पनि यसबारे जवाफ दिनु पर्दैनर वास्तवमा उहाँलाई।त्यो पर्दैन।
यसो लक्षण हेर्दा,ओली सरकारका गलत र असंवैधानिक कदम सर्वोच्चले जतिपटक बदर गरे पनि उहाँ नैतिकताको आधारमा पद छोड्नु तयार हुनुहुन्न।
पदीय मर्यादा र नैतिकताको खडेरी परिसकेपछि कसको के लाग्यो र १ पद नछाडी अब यी र यस्तै विवादित विषयहरु उठाएर मुलुकलाई कतै अन्तहीन अस्थिरता तर्फ धकेल्न खोजिरहनु भएको त होइनरु भन्ने आशंकालाई नै परिदृश्यहरुले बल पुर्याइरहेको प्रतीत हुन्छ।
बाहिर देखावटी नारा स्थिरता र विकासको भित्री योजना भने अस्थिरता र गोलमालको। धन्य हो१ एकमात्र महान राष्ट्रबादी नेता ओली र उहाँको सरकार।
बाँकी तस्बिर आफै बोल्छ।
