पहिलेका तस्बिरहरु जति रङ्गिन छन उनको त्यति नै रङ्गिन ५(६ महिना अघिका जीवन पनि थियो ।तर अहिले १६ बर्षको कलिलै उमेरमा क्यान्सर जस्तो खतरनाक रोग लागेपछि उनको जीवन पुरै सादा भएको छ ।उनी अहिले एकदमै दयनीय अवस्थामा देखिन्छिन् र जिवननै तहसनहस भएको छ ।
सल्यानकि निकिता पुन जो अहिले क्यान्सर जस्तो घातक रोगको काठमाडौं स्थित उपचार गराइरहेकि छिन् ।लगभग ६ महिनाबाट उनको यो दुर्गति भएको हो ।निकिता आफुले एसईई दिसकेको र एसईई अगाडि आफुलाई यस रोगको कुनै पनि संकेत र लक्षणहरु नदेखिएको बताउँछिन् ।
एसईई सकिएको केही समय पछि अचानक ज्वरो आयो,रुघा लाग्यो र घाटिमा स(साना गाठाहरु आएको उनी बताउँछिन् ।क्यान्सर जस्तो खतरनाक रोगलाई उपचार गर्न पनि एकदमै धेरै पैसा लाग्ने तर परिवारिक आर्थिक अवस्था न्यून लगभक शून्य बराबर भइरहदा निकै दुखबाट यो परिवार गुज्रिरहेको छ ।
