सबिता भण्डारि मृत्यु प्रकरण अहिले नेपाली मिडियामा व्यापक रूपमा छाइरहेको छ। सबिता को माइती पक्षले सबिता लाई कुनै पनि रोग नरहेको उनले आत्महत्या गरेको होइन उनको हत्या भएको हो भन्ने दाबी गरिरहेका छ्न।
साइबर क्राइममा हाल्दिन्छु भनी सबिताको आमाजुका श्रीमान् ले धम्की दिएको भनी सजिनाले एक युट्युव अन्तर्वार्तामा भनेकी छिन। साइबर क्राइम मुद्दा को लिस्टमा आफ्नो पनि नाम रहेको उनले बताइन। उहाँहरुको दुई ओटा छोरीलाई डिप्रेसन हुने अनि मेरो दिदीको मृत्यु भएको यसले चाहिँ केही नहुनेरुरु के मेरो दिदि चाहिँ मानिस होइन,कसैको छोरी हैन र भनी सजिनाले आक्रोश पोखेकी छिन।
आफुले कहिल्यै दिदिको आमाजुका बच्चाहरुलाई यो घटनामा नमुछेको उहाँहरुकै बुझाइ गलत भएको सजिनाको दाबी छ। आफ्नो दिदिलाइ न्याय दिलाउन आफू जुनै हद सम्म नि जान सक्ने उनको भनाइ छ।
सबिताको माइती पक्ष उनको न्यायको लागि सडकमा उत्रिएका थिए।बालुवाटारमा सबिता भण्डारीको न्यायको माग गर्दै आन्दोलन चर्किएको थियो। उक्त आन्दोलनमा उनकी बहिनी सजिनालाइ चोट पनि लागेको छ।
आफ्नो दिदिलाइ यसरि शोषण गर्ने लाई फासी होस भन्ने सजिना को माग रहेको छ।भोलि जो कसैको घरमा पनि यो घटना दोहोरिन सक्छ त्यसैले आज सबै न्यायको लागि बोलिदिनुस ताकी भोलि यो घटना अरु कसैमाथि नपरोस भन्ने आग्रह सजिना ले गरेकी छिन।
