काठमाडौस् काठमाडौ उपत्यका मा दुई महिना मेलम्चीको पानी नआउने भएको छ। मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो । उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन् ।
समितिले सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र बाग्मती नदीमा समेत पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ । ती नदी किनारहरुमा नजाने र जानै पर्ने भएमा विशेष साबधानी अपनाएर जान भनिएको छ ।
सुरुङ निरीक्षणसँगै परीक्षण, सुधार र पुनः पानी भर्नका लागि समय लाग्नेछ। सुरुङ खाली गर्न झण्डै १६ दिनसमेत गरी सुरुङ निरीक्षणको अवधि झण्डै दुई महिना लाग्नेछ। वर्षा पहिले नै सुरुङ खाली गरेर निरीक्षण र आवश्यक सुधार गर्नुपर्ने छ ।
