फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन्।
होटेलमा लगेर यौन दुव्र्यवहारको गरिएका राउटे समुदायका युवतीहरु सम्झना र गाजलुको स्वास्थ्य परीक्षण हुने भएको छ। स्वास्थ्य परीक्षण र उनीहरूको सुरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली राउटे बस्तीमा पुगेको हो।
महामुखियालाई दुई युवतीसहित वीरेन्द्रनगर आउन आग्रह गरिएको आयोगको कर्णाली प्रदेश कार्यालय, जुम्लाका सूचना अधिकारी किरण बरमले बताए। पहिले त मुखिया राजी नभएको तर लामो प्रयासपछि राउटे मुखिया दुर्व्यवहारमा परेका दुई युवती लिएर सदरमुकाम आउन सहमत भएको उनले बताए।
राउटे समुदायलाई अझै पनि आफ्नो समुदायको युवतिमाथी घटेको घटना बारे थाहा छैन। राउटे हरुले थाहा नपाउने गरि नै उक्त युवतिहरुको स्वास्थ परिक्षण गरिने आयोग ले बताएको छ।
पिडित युवतिका अनुसार उनीहरुलाई अत्यधिक मदिरा सेवन गराएर बेहोस बनाएका थिए। बेहोसी मै उनीहरु माथी यौन दुर्व्यहार भएको थियो।
