कुनै बेला कलाकारिता क्षेत्रको रमझममा रमाइरहेकी कलाकार निशा घिमिरेको जीवन अहिले एउटा कोठामै सिमित छ। उनी बोल्न हिड्न नसक्ने अवस्थामा पुगेकी छिन।कलाकारितामा उच्च शिक्षा हासिल गर्न भारत गएकी निशा घिमिरे सवारी दुर्घटनामा परि उनको यो अवस्था भएको हो।
अहिले डाइपर सम्म किन्न नसक्ने अवस्थामा पुगेको र उनको ढाडभरी बेडसोरेब भएर घाउ नै घाउ छ।सामाजिक संजालमा उनको सहयोगको लागि अपिल गर्दै धेरै जनाले पोस्ट गरेका थिए। उक्त पोस्ट हरु सहयोगी मन सम्म पुगि धेरै जनाले सहयोग पठाइएका छ्न।
निशाको उपचारको लागि नेपालबाट समाज सेबि शरिन ख्युङ्वा तामाङ ज्युले आर्थिक सहयोग अभियान चलाई राख्नु भएको छ।यो देखेर पोखरा निबासी हाल हङकङबाट बाला गुरङ नानालेhk$710 रकम सहयोग गर्नु भएको भन्ने विवरण अनिता आङ्चाङ्बु लिम्बुको फेसबुक वालमा रहेको छ।यस्तै गरि विभिन्न ठाउँहरु बाट सहयोग आउने क्रम जारी रहेको छ ।
सबैले गर्ने सानो सानो सहयोगले पनि निशाको जिवनमा धेरै ठूलो महत्त्व राख्ने गर्दछ। सबैले सहयोग गरेर मेरो छोरिको उपचारमा सहयोग गरिदिनुस भनेर निशाको बाबाले एक अन्तर्वार्तामा मार्फत अपिल गरेका छ्न। सहयोग गर्न चाहनु भयो भने कृपया तल दियको खाता नम्बर वा सिधै फोन गरेर पनि साथ दिन सक्नुहुनेछ।
“सवैमा सहयोगको लागि हार्दिक अपिल” सनराइज बैंक (शाखा)गोटीखेल ललितपुर निशाका बुवा प्रेम प्रसाद घिमिरे खाता न. 0840613613205001 (सहयोग का लागि सिधा सम्पर्क ; कलाकार निशा घिमिरेका पिता श्री प्रेम प्रसाद घिमिरे 9851238952 )
